प्रदेश

‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ पाँचौं निर्वाचन दिवस मनाउँदै



काठमाण्डौ ७ फागुन ।  ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।नेपालमा २०१५ साल फागुन ७ गते आम चुनाव सुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गरेर २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने गरिएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाख १७ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढ्न योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।आउँदो चुनाव पहिलो चरणमा वैशाख १७ गते र २७ गतेका लागि तोकिएको छ । चुनावका लागि झण्डै एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । 

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६