अन्तर्राष्ट्रिय

लद्दाखको झडपमा पाँच जना सैनिकको ज्यान गएको चीनको स्वीकार



काठमाण्डौ ७ फागुन । चीनले लद्दाखको गलवानमा क्षेत्रमा गएको वर्ष  भएको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ । चीनले पहिलोपटक गएको वर्षको जुनमा गलवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झडपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ । झडपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले गलवानमा भएको झडपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो । यस घटनामा अझ धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६