प्रदेश

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकियो



काठमाडौँ ७ फागुन । प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्।विज्ञ समूह (एमिकस क्युरी)का पाँच जनै वकिलहरूको बहस सकिएको हो।शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन आदेश दिएको छ।यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गतेदेखि यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।पुस ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ।प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विपक्षी वकिलको तर्क छ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६