कपिलवस्तु ७ फागुन ।७१ औ प्रजातन्त्र दिवसमा कपिलवस्तु कारागारका नौ कैदीहरुलाई रिहा गरिएको छ । राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो । बिभिन्न मुद्दामा अदालतद्धारा तोकिएको ५० प्रतिशत सजाय भुक्तान गरेका कैदीहरुलाई कारागार ब्यवस्थापन बिभागको आदेशमा उनीहरुलाई छाडिएको कारागारका जेलर राकेश पाण्डेले बताए । तर यहि दिवसमा कैद मिनाह गरेर सरकारले छाड्ने भनेर चर्चामा रहेका नसिम खाँ भने छुटेनन्। उनी मधेसको शशस्त्र समुहको वार्ताटोलीका रुपमा हतियार विसाएर सरकार समक्ष आत्मसमर्पण गरेका ब्यक्ति हुन्।
उनीसंगै वार्तामा आएका तराई टाइगर्स नामक शशस्त्र समुहका सैन्य कमाण्डर राजगुरु भने राजु मिश्रा यतिवेला जसपाको केन्द्रिय समिती सदस्य रहेर कपिलवस्तुको सकृय राजनीतिमा छन् । उनैको टोलीका अर्का सदस्य नसिम खाँलाई द्वन्दकालिन मुद्धाको फाइल खोजेर पछिल्लो पटक शेरवहादुर देउवा प्रधानमन्त्री हुदा देखि पक्राउ गरि कारागारमा राखिदै आएको छ ।देशभरका ८ सय ७६ कैदीलाई दिवसकै अवसरमा बिभागले रिहा गर्न आदेश दिएको थियो ।
श्रोतका अनुसार कपिलवस्तु प्रहरीले उनीमाथि रहेका विभिन्न मुद्धा मध्ये ४वटा मुद्धा अदालत समक्ष पेश गरेपनि एउटा मुद्धा अझै अनुसन्धानका नाममा अदालत पेश नगरि राखेको छ । अदालतमा मुद्धा पेश नभएपछि त्यसमाथि वहश र आदेश हुन पाएको छैन । फलस्वरुप सरकारले चाहेर पनि उनलाई कैदमिनाह गरि मुक्ति दिन सकेको छैन ।
यता राष्ट्रपतिवाट कैद मिनाह वा आममाफी पाई रिहा हुनेहरुमा कत्तब्र्य ज्यान मुद्धाका ५, ज्यान मार्ने उद्योगका एक, सवारी ज्यान मुद्दाका एक, सवारी ज्यान र गौबधका एक तथा चोरी मुद्दाका एक जना रहेका छन । रिहाईकालागि कैदीको चालचलन, कैद भुक्तान अवधिलाई आधार बनाईएको थियो । रिहाई हुने कैदीहरुलाई स्वागत गरी घरमा लैजान कारागार परिसरमा आफन्तहरुको भीड लागेको थियो ।
कैदीको अवधि बाकी छदै रिहा भएका कैदीहरु निकै खुशी देखिन्थे । जेलर पाण्डेले अनुशासित कैदी रिहा भएकोमा आफुलाई पनि संतुष्टी मिलेको बताए । सिफारिस गरिएका सबै ९ जनालाई नै बिभागले रिहा गर्ने आदेश दिएको थियो ।
प्रतिक्रिया