कपिलवस्तु ८फागुन ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) कपिलवस्तुको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाईटि बाणगंगा उपशाखा कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५० बढि प्वाईन्ट रगत संकलन भएको छ । जसमा नेपाल रेडक्रस सोसाईटि तौलिहवा शाखाको प्राविधिक सहयोग रहेको थियो । कोभिडपछिको असन्तुलन हटाउन कोभिशिल्ड खोप लगाएका व्यक्तिले रक्तदान गर्न नमिल्नेको बावजुत पनि निकै उत्साहजनक रुपमा कार्यक्रम सम्पन्न गरिएको संयोजक बाबुराम अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले अनेरास्ववियू कपिलवस्तुले विगत देखिनै उदहरणिय सामाजिक मानवीय कार्य गर्दै आएको र यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि अनेरास्ववियूका स्थायी कमिटि सदस्य श्याम प्रकाश प्रजापतिले रक्तदान एक महत्वपुर्ण मानवीय कार्य रहेको बताउनुभयो । उहाले रक्तदान गर्ने सबैलाई आभार प्रकट गर्नुभएको छ ।
त्यस्तै संयोजक बाबुराम अर्यालले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने तथा रक्तदाता सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्य ईन्दिरा पौडेल, बुद्धभूमि नगरपालिका वडा नं.३ का वडाध्यक्ष तथा केन्द्रिय सदस्य बिकास आचार्यले रक्तदान गरेका थिए । सहसंयोजक दयाराम पौडेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया