दाङ ९ फागुन ।दाङमा लालपुर्जा पाउनको लागि एउटा राष्ट्रिय वनमा केही स्थानिय ब्यक्तिहरुले सयौँ सालका रुखहरु काटेका छन् । तुलसीपुर उपमहानगरपालिका ८ कटकुँइया स्थित गुह्य डाँडामा सयौँ सालका रुखहरु काटेको स्थानियहरुले बताएका छन् ।
सालका रुखहरुले भरिएको डाँडा गाउँलेले फागुन ४ गतेको आसपासमा मिलेर रुख काटेपछि हाल उजाड बनेको छ । साना, ठूला सबै रुखहरु काटेर त्यो ठाउँ आफुहरुले भोगचलन गर्दै आएको देखाउन उनीहरु ती सालका रुखहरु काटेर स्थानीयहरुले बताए ।
डाँडाको सिधँप्रति जग्गा भएका व्यक्तिहरुले सालका रुखहरु काटेर सखाप पारेका छन् । उनीहरुले आफुले भोग चलन गरेको देखाउन र सुकुम्बासी, भुमिहिन, अब्यवस्थित बसोबासको लागि फारम भरेर जग्गाको पूर्जा पाउँनको लागि ति रुखहरु काटेको हुन सक्ने स्थानियहरुको भनाइ छ । रुख काटेको देखिपछि तुलसीपुर सब डिभिजन कार्यालयलाई जानकारी गराएको नजिकै रहेको महालक्ष्मी सामुदायिक वनका अध्यक्ष तारा प्रसाद देवकोटाले बताउनुभयो ।
राष्ट्रिय वन अन्तरगत रहेको उक्त डाँडामा रहेका २ सय ४८ सालका बलाबलीहरु काटेको सखाप पारेको तुलसीपुर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत विनोद साहले बताउनुभयो । अहिले आफुहरुले अनुसन्धान गरिहेको र दोषी पत्ता लगाइ काननु अनुसार कारबाही गरिने समेत उहाँले बताउनुभयो ।
प्रतिक्रिया