वाँके १० फागुन । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा नेपालगन्जमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण गरिएको छ । कार्यक्रममा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त अवसरमा इन्सेककले लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जि एम विकले गरेकी थिइन् । प्रमुख अतिथिको आसनबाट बोल्दै न्यायाधीश मनकुमारी जिएम विकले अहिले पनि धेरै महिलाहरू आफ्नो अधिकारबाट बञ्चित रहेको बताउँदै मानव अधिकार वर्ष पुस्तकले समग्र मानव अधिकार अवस्थाको बारेमा अध्ययन गर्न अवसर सृजना गरेको बताएकी थिइन् ।
हरेक मानवले मर्यादित रुपमा समाजमा बाँच्न पाउनु पर्नेमा जोड दिदै न्यायधीश बिकले अपाङ्गता भएका, दलित महिला बढी मात्रामा पीडित र न्यायको पहुँचबाट बन्चित हुने गरेको भन्दै जातिय बिभेदका घटना बाहिर ल्याई दलित समुदाय लगायत सबैको मानव अधिकार संरक्षणमा लागि सबैले प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिइन् ।
प्रतिक्रिया