बुटवल ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव समुहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। प्रतिनिधी सभा विघटन भएपछि राजनीतिक रुपमा विभाजित सो समुहले लुम्बिनी प्रदेशका ७ जिल्ला सहित ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लागेको हो। प्रचण्ड माधव समुहले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेका थिए।
त्यस अनुसार जिल्लाहरुमा नेतृत्व चयन भएको हो । जस अनुसार कपिलबस्तुमा विष्णु पन्थी अध्यक्ष र रामचन्द्र शाह सचिव भएका छन् । यस्तै रुपन्देहीमा राजु गुरुङ जिल्ला अध्यक्ष र नारायण जिसी सचिव तोकिएका छन्। त्यसै गरी गुल्मीमा अध्यक्षमा सोमनाथ सापकोटा र सचिवमा विरबहादुर कार्की रहेका छन् ।
त्यसै गरी दाङमा टीकाराम खड्का अध्यक्ष र सचिवमा तुल्सीराम पुन, रुकुम पूर्वमा अध्यक्षमा मेघबहादुर श्रेष्ठ र सचिवमा भिउमान घर्ति, रोल्पामा अध्यक्षमा सुरेन्द्र घर्ति र सचिवमा हरिप्रसाद घर्ति, बाँकेमा अध्यक्षमा आइपि खरेल र सचिवमा अशोक कोइराला रहेका छन्।
गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको प्रचण्ड माधव समुहले जनाएको छ।
प्रतिक्रिया