बिजनेस

दलित उत्थानका प्याकेज घोषणा गर्छाैं :आयुक्त बराइली



कपिलवस्तु ११ फागुन ।राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराईलीले दलितको हक अधिकारको लागि कार्य गर्ने बताउनु भएको छ । देशको बार्तमान राजनितिक परिवेशका कारण दलित आयोगले काम गर्न नसकेको आयोगको सदस्य बराइलीले बताउनु भयो । कपिलवस्तुको चन्द्रौटामा व्यपार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । दलित समुदायको उत्थानका लागि दलित आयोगले विभिन्न योजना ल्याउने तयारीका साथ कार्य गरी रहेको उहाले बताउनु भयो । 

    व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलले २१ औँ सतब्दिमा विश्व विकासको गतिमा अगाडि बढिरहदा हामि जातिय विभेदमा रोमलिनु परेको हुदा यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । कार्यक्रममा नेकपा शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेलले दलित र गैर दलित बिच मात्रै नभएर दलित दलित बिच पनि ठुलो समस्या रहेको बताउनु भयो ।

    कार्यक्रममा बोल्दै कपिलवस्तुका पत्रकार सन्जीव गहतराजले अझै पनि केही संक्रीणबादी अशिक्षित बर्गले गर्दा दलित समाज पछी परेको बताउनु भयो । शिवराज नगरपालिका कार्य पालिका सदस्य चन्द्र बहादुर गहतराजले नेपाली समाजमा समस्याहरु धेरै भएको बताउदै सबै समस्या एकै चोटि समाधान गर्न नसकिने हुदा क्रमिक रुपमा ति समस्या समाध हुने बताउनु भयो

 पहाडी समुदायको तुलनामा मधेशी समुदायमा दलितहरु बढि दमनमा परेको कार्यपालिका सदस्य गहतराजले बताउनु भयो । राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज वराईलिको प्रमुख आतिथ्यता तथा व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेब पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सघं सस्था तथा राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, व्यापार सघं कपिलवस्तुका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६