प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज ‘हेर्दाहेर्दै’ को पेसी



काठमाण्डौ ११ फागुन । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि ‘हेर्दाहेर्दै’ को पेसी तोकिएको छ ।हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले आजका लागि हेर्दाहेर्दैको पेसी तोकेको हो ।सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधिसभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ । प्रभाव र दबाब बढ्न सक्ने भएकाले जतिसक्दो छिटो फैसला सुनाउनुपर्ने पक्षमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ । पाँच सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमीकस क्युरीका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

एमीकस क्युरीका ५ जना कानुन व्यवसायीमध्ये  विजयकान्त मैनालीबाहेक अरु कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको कदमलाई गैरसंवैधानिक भनेका छन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको मिति तोक्दै प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो ।त्यसलगत्तै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो । सर्वोच्च अदालतले विघटनको निर्णयलाई बदर गर्यो भने तत्काल प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्छ । सदर भयो भने वैशाखमा चुनाव गर्नुपर्ने र चुनाव हुन नसके संवैधानिक संकट आइपर्ने कानुन व्यवसायीहरु बताउँछन् ।विघटनको निर्णय सदर भएर वैशाखमा चुनाव गर्नुपर्ने भयो भने त्यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधन गर्नुपर्ने दबाब निर्वाचन आयोगलाई रहेको छ ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६