ब्रेकिंग न्युज

दाङमा जीपले ठक्कर दिँदा अटो चालकको ज्यान गयो ,पाँच जना घाइते



दाङ  ११ फागुन ।  दाङको तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका-१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजोराति बाँकेको कोहलपुरमा ज्यान गएको प्रहरीले जनाएको छ । सोमवार दिउँसो तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ ह ४३३६ नम्बरको अटो र पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ५०८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-८ दुघेनामा ठोक्किएर दुर्घटनामा भएको हो। गम्भीर घाइते विकलाई राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पतालमा रेफर गरिएको थियो ।

उनको उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।दुर्घटनामा घाइते भएकामध्ये अटोमा रहेका शान्तिनगर-१ की ३० वर्षीया रुपा वली, उनकी २ वर्षीया छोरी पुष्पा वली र शान्तिनगर-२ की ४१ वर्षीया शारदा केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  उनीहरु तीनै जनालाई थप उपचारको लागि कोहलपुरमा रेफर गरिएको छ ।अटोमै रहेका अन्य दुई जना घाइतेको अवस्था सामान्य रहेको र उनीहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्छ प्रहरीले जनाएको छ।जीप चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित : ११ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६