प्रदेश

सुपा देउरालीमा ब्यवस्थापन झनझन कमजोर



शितगंगा १२ फागुन । देश कै प्रसिद्ध मन्दिरहरु मध्ये अर्घाखाँचीको सुपा देउराली मन्दिर  ब्यवस्थापन झनपछि झन फितालो हुदै गएको छ । देशका विभिन्न स्थान तथा भारतबाट दैनिक हजारौ प्रर्यटकहरु यहाँ दर्शनकालागि आउने गर्छन । हरेक दिन हजारौ रकम समेत मन्दिरमा संकलन हुने गर्छ ।तर ब्यवस्थापन सुदृढ हुन भने सकेको छैन ।  बार्षिक करोडौ आम्दानी हुने सुपा देउरालीमा आउने भक्तजनहरु  ब्यवस्थापन देखेर निरास हुने गरेको वताउछन् । 

  २ वटा स्थानियद तह सन्धिखर्क नगरपालिका  र शितगंगा नगरपालिकाको स्वामित्व रहेको यो मन्दिरमा शितगंगा तर्फबाट नेत्तृत्व गर्ने समुहको सधै आलोचना हुने गरेको छ । मन्दिर प्रबेशगर्ने स्थान शितगंगा क्षेत्रको मन्दिर आसपासको क्षेत्र कहिले पनि ब्यवस्थित हुन सकेन यसमा सितगंगावाट समितिको सचिवको भूमिका निर्वाह गर्नेको कमजोरी रहेको स्थानिय बताउने गर्छन ।

शितगंगाको तर्फबाट ब्यवस्थापन समितिमा लामो समय देखि सचिवमा यादव घिमिरे रहेका छन ।तर प्रवेसद्वारको सडक पुर्ण रुपमै जिर्ण रहेको छ । सन्धिखर्क क्षेत्रमा पर्ने सडक तथा अन्य ब्यवस्थापन निकै राम्रो रहे पनि शितगंगा तर्फ दुर्घटना ग्रस्त जिर्ण सडकले गर्दा मन्दिरमा  आउने भक्तजनले सास्ती मात्र खेप्दैनन् सडकको धुलोले चिनिनै गारो हुने गरि मन्दिर पुग्छन । 

  टाढाटाढाबाट आउने भक्तजनले सडकको अबस्था देख्दा निकै आलोचना गर्ने गरेका छन । करोडौ आम्दानी हुने मन्दिर प्रबेशको मुख्य सडकको यो अबस्थाले समग्र जिल्लाकै बदनामी गराउछ । समितिमा रहेका सचिव धिमिरेले मन्दिर माथीको सडक आरसिसि  भएर भत्केपनि  सडकको सुधारमा कुनै भुमिका नखेलेको स्थानियको आरोप छ । मन्दिरमा बर्षमा लाखौ भक्तजनबाट करोडौ रकम संकलन नभएपनि समितिले पारदर्शी हिसाब राख्न नसकेको आरोप लाग्ने गरेको छ । यहि कारणले अदालतमा समेत मुद्दा पुगेको थियो ।

हुनत सुपा देउरालीको आफ्नै महिमा रहेको छ चट्टानले बनेको पहाडमा रहेको मन्दिर देबि दुर्गाको पुजा गरिन्छ।  परापूर्वकाल देखि गरेको भाकल पूरा हुन्छ भन्ने बिश्वासका साथ नेपाल तथा भारतका विभिन्न स्थानबाट भाकल गरि यो मन्दिरमा आउने गर्दछन । मन्दिरकै कारण यस क्षेत्रमा रोजगार सिर्जना भएका छन । सयौ फुलमाला ब्यवसाय, दर्जनौ फोटो  ग्राफ तथा विभिन्न होटलहरुमा हुने ब्यापारले यहाँका स्थानियहरु समेत सन्तुष्ट छन । सुपा देउरालीमा शनिबार र आइतबार धेरै भिड हुने गरेको छ । अत्याधिक भिडले सबारी पार्किङमा समस्या रहने गरेको छ ।

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६