रुपन्देही १२ फागुन । प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयपछि जितहारको सवालमा चर्काचर्की वहश भई रहदा नेकपाका नेता एवम प्रदेश सांसद विष्णु पन्थीले थलिएको नेकपालाई बिभाजन तर्फ होइन एकिकृत र सुदृढ गर्ने तर्फ लागौं र छिटो निको पारौं भन्ने आवहान गर्नु भएको छ । रिपोटर्स क्लव रुपन्देहीले राखेको साक्षात्कारमा उहाले यस्तो वताउनु भएको हो ।सो कार्यक्रममा विभिन्न दलका नेताले विभिन्न प्रतिक्रिया दिएका छन् । बुधवार बुटवलमा आयोजित कार्यक्रममा उहाँहरुले सर्वोच्च अदालतको फैसला सबैलाई स्वीकार हुने भएकाले यसलाई जित र हारको विषय बनाउन नहुनेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य रामजी घिमिरेले सर्वोच्चको फैसलाले केही प्रश्न खडा गरे पनि पार्टीले स्वीकार गरेको बताउनुभयो । नेता घिमिरेले संसद् बैठक डाक्ने कुरा संसदीय प्रक्रिया भएको जनाउँदै यसमा सर्र्वोच्चले आदेश दिनु नपर्ने उल्लेख गर्नुभयो ।नेकपा दाहाल–नेपाल समूहका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले सर्वोच्च अदालतको फैसलाको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।
ठूला दल फुट्दा मुलुकको राष्ट्रियता कमजोर हुने भएकाले नेकपा एकता र सहमतिका आधारमा अघि बढ्ने बताउँदै उहाँले मुलुकको समृद्धिका लागि नेकपाबीचको असझमदारी अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य भएको बताउँदै यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको उल्लेख गर्नुभयो । जनता समाजवादी पार्टीका नेता सन्तोष पाण्डेले सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार निर्णय गरेको बताउनुभयो ।
बार एशोसिएशन उच्च अदालत एकाइ बुटवलका अध्यक्ष जोगबहादुर खत्रीले सर्वोच्चको फैसलाले न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको बताउँदै आगामी दिनमा पनि न्यायपालिकाको गरिमा कायम राख्न सक्नुपर्ने उल्लेख गर्नुभयो । कानून मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमाकान्त पौडेलले संविधानको मर्म भावनाअनुसारनै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको बताउनुभयो ।
प्रतिक्रिया