अर्थ-वाणिज्य

स्थानीय सरकारको कालोपत्रे, सडक बनाउन भन्दा टिकाउन झन सकस



कपिलवस्तु १३ फागुन कपिलवस्तुका स्थानीय सरकारले बनाएको कालोपत्रे सडकको गुणस्तर कमसल भए पछि टिकाउन सकस परेको छ । कर्मचारी सेटिङ मिलाएर भुक्तानी लगे पनि सडकको गुणस्तर अत्यन्त कमजोर हुने गरेको छ । न्युन गुणस्तरका कारण सडक कालोपत्रे गरेको महिना नपुग्दै भत्कीने गरेका छन् । गुणस्तरीय पिच १० वर्ष टिक्नु पर्ने गरी डिजाईन गरिएको इन्जीनियर बिरेन्द्र प्रकाश गुप्त बताउनु हुन्छ । तर अधिकांस कालोपत्रे १ वर्ष भित्र विग्रीएका छन । निर्माण सम्पन्न भएको एक वर्ष भित्र विग्रएमा मर्मत गर्ने जिम्मा ठेकेदार पक्षको हुन्छ । तर स्थानीय सरकारले मर्मतका लागि ठेकेदारलाई अनुरोध समेत गर्न समेत भ्याउदैनन् । 

महाराजगन्ज नगरपालिकाको वडा नं. ११ वनगाईमा निर्माण भएको २.१ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भएको ३ महिना भित्र विग्रीएको थियो । १ करोड १० लाख रकमको लागतमा निर्माण भएको सडक वर्षात भएको बेला हतारमा निर्माण गरिएको थियो । सडक कालो पत्रे गर्दा बातावरणको तापक्रम २५ डिग्री देखी माथी हुनु पर्छ । तर स्थानीय सरकारले बजेट सक्नका लागि हतारमा पानी परेको बेलामा समेत काम गर्ने गर्दछ । तौलिहवामा रहेको जय निर्माण सेवाले उक्त सडक निर्माण भएको महाराजगन्ज नगरपालिकाका इन्जीनियर प्रमोद चौधरीले बताउनु भयो । नगरप्रमुख अव्दुल कलामले मर्मतका लागि ठेकेदार सँग कुरा गर्ने बताए पनि मर्मत हुन सकेको छैन ।

यसै गरी बुद्धभुमी नगरपालिका वडा नम्वर २ मा बनेको कालोपत्रको आधा भाग नै उप्कीएको छ । नगरप्रमुख केशव कुमार श्रेष्ठका विश्वासनिय पात्र तथा तरुण दलका जिल्ला सदस्य समेत रहेका प्रमोद पौडेलको शाही पोख्रेल निमार्ण सेवाले सडक निर्माण गरेको थियो । अहिले एक तर्फ आधा भाग काम नलाग्ने गरी भत्कीएको छ । सो सडक प्रस्तावित नगरअस्पताल र गौतम बुद्ध क्याम्पस पुग्ने सडक समेत हो । मुख्य सडकको अवस्था खस्कीदा समेत नगरपालिका बोल्न सकेको छैन । निर्माण सकेर भुक्तानी लिने बेलामा कालोपत्रे उप्कीएको सडक, मर्मत गरेको १ वर्ष मै जिर्ण भएको छ ।

बुद्धभुमी नगरपालिकाको बुड्ढी गेल्वार सडक, वडा नम्वर १०को कार्यालय पुग्ने सडक समेत बनेको वर्ष भत्कीन सुरु भएका छन् । यसै गरी नगरपालिकाको गत आ.व.मा निर्माण भएको वडा नं. ५ पुग्ने सडक, हरीहरपुर देखी वडा नं. ८ जोड्ने सडक भुक्तानी लिनु अगाडी भत्कीए पछि पुन निर्माण भएको छ । पुर्ननिर्माण गरिएको सडक समेत कमसल निर्माण भएको स्थानीयवासी बताउछन् ।

स्थानीय सरकारले बनाएका अधिकांश सडकहरु कालोपत्रे उप्किने, सडकमा खाल्टो पर्ने, सडक भासिने जस्ता समस्या देखा पर्दै आएका छन् । ठेक्कामा प्रतिश्पर्धाका कारण आधा मुल्य कममा काम गर्न तयार भए पछि सडक अत्यन्त कमसल निर्माण हुने गरेका छन । स्थानीय सरकार सँग सडक ठेक्का लिनेपत्रकार देखी आफ्ना कार्यकर्ता रहेका छन् । पत्रकार र कार्यकर्ताले निर्माण गरेको सडक धेरै जसो कमसल हुने गरेको छ । केही सडक निर्माण गुणस्तरहिन भएको समाचार गरे पछि सहकर्मी पत्रकारले फोन गरी व्यवसाय डुव्ने गरी समाचार नलेख्न आग्रह गरेको पत्रकार शनीउल्ला धोवी बताउछन् । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६