ब्रेकिंग न्युज

सशस्त्र प्रहरी नायव निरीक्षक पासी घूस सहित पक्राउ



बुटवल १३ फागुन । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा-३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयका सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी घूस सहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले बिहीबार १० बजे उनीहरुलाई सेवाग्राहीबाट ५० हजार घूस रकम लिई सकेको अवस्थामा पक्राउ गरेको हो । सेवाग्राहीको काष्ठ फर्निचर उधोग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट घूस रकम लिइ सकेको अवस्थामा रूपन्देही गैडहवा गाउँपालिका–३ बाट उनीहरुलाई नियन्त्रण्मा लिएको नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका प्रवक्ता सुरेश भुसालले बताए । घटना बारे थप अनुसन्धान भईरहेको भुसालले बताए ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६