अर्थ-वाणिज्य

राजापुर क्षेत्रका लागि दुई एम्बुलेन्स खरीद्



बाँके, १३ फागुन । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुको निर्वाचन क्षेत्र विकास कोष योजनाअन्तर्गत राजापुर क्षेत्रका लागि दुई  एम्बुलेन्स खरीद गरिएको छ । उपसभामुख थारुका स्वकीय सचिव अर्जुन चौलागाईका अनुसार सो योजनाअन्तर्गत राजापुर–६ मानपुरटपरा स्वास्थ्यचौकी र गेरुवा गाउँपालिकास्थित रेडक्रस उपशाखा कार्यालयलाई एम्बुलेन्स खरीद गर्न रु १०\१० लाखका दरले बजेट विनियोजन गरिएको थियो । खरीद गरिएको एम्बुलेन्स अबको केही दिनमै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद थारुले बताउनुभयो ।एम्बुलेन्स सेवा पाउने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । 

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६