प्रदेश

आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने



काठमाण्डौ १३ फागुन । प्राथमिक शेयर अर्थात् आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्न मिल्ने भएको छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेको थियो ।गुनासोको सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको लिमिटेडले जनाएको छ ।

अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ । भोलि (शुक्रबार) बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुने छ । तर मेरो शेयरको वेबसाइट र मोबाइल एपमा समस्या हुँदा छिटो र भरपर्दो जानकारी पाउन समस्या हुने गरेको गुनासो बढ्दै गएको छ ।   

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६