अर्थ-वाणिज्य

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा कसजु



बुटवल १४ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट कसजु आगामी नेतृत्वको लागि निर्वाचित भएका हुन् । कसजुले उनका प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १७९ मतले पराजित गर्दै विजयी भएका हुन् । उनले ६६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४८३ मत प्राप्त गरेका छन्।संघको नयाँ कार्यसमिति चयनको लागि बिहिबार अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो ।

कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्।त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई , कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए । अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधान र हितका समस्या समाधान र हितका लागि व्यवसायी , सबै निजी क्षेत्र र सरोकारवालाहरुसँग समन्वय र सकार्य गरेर समूहसहित अगाडि बढ्ने बताए ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६