अर्थ-वाणिज्य

साझा यातायातमार्फत विद्युतीय बस खरिद प्रक्रिया पुनः सुचारु



काठमाडौँ १४ फागुन । साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको  छ ।सम्झौताअनुसारको खरिद प्रक्रियाको मोडालिटी नभएको भन्दै  विद्युतीय  बस  खरिदमा  रोक  लगाएको  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले काम अघि बढाउन निर्देशन दिएको छ ।मन्त्रालयले  जुन  प्रक्रियामा  काम  रोकिएको  छ त्यहीँबाट खरिद प्रक्रिया अघि बढाउन साझा यातायातलाई पत्राचार गरेको छ । खरिद प्रक्रिया अघि बढाउन लागिएको साझा   यातायात   सञ्चालक   समिति   सदस्य   भूषण तुलाधरले  जानकारी  दिए ।

उनले  भने,  “करिब दुुई वर्षअघि जुन विन्दुका काम रोकिएको थियो त्यहीँबाट काम अघि बढाउन लागेका छौँ, त्यतिबेला  ‚ पेसिफिकेसन डाफ्टको प्रक्रियामा थियौँ अब काम अघि बढ्छ ।” करिब  दुई  वर्षअघि  तीन  सयवटा  विद्युुतीय  बस खरिद  गर्न  साझा  यातायातलाई  सरकारले  तीन  अर्ब रुपियाँ उपलब्ध गराएको थियो ।सम्झौता अनुसार काम हुन  नसकेको  भन्दै  मन्त्रालयले  साझा  यातायातलाई दिएको सो रकम फिर्ता मागेको थियोध्र तर साझाले सो रकम  फिर्ता  भने  गरेको  थिएनध्र  काम  अघि  नबढाउन मन्त्रालयले पत्राचार गरेपछि रोकिएको थियो ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६