ब्रेकिंग न्युज

बालिका हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ



रुपन्देही १४ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ गरेको छ । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।हत्याको आरोपमा आमा प्रेमासहित उहाँका ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राजकुमार यादव र प्रेमाका साथी लुम्बिनी सांस्कृतिक नगरपालिका–९ का प्रदिप चौधरीलाइ पक्राउ गरेको हो गरेको हो ।प्रेमाले छोरीको हत्या गरी आफूले आत्महत्या गर्ने मनसाय बनाएर घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रेमाले आफ्नो कोठामा पंखामा बाँधिएको डोरीमा छोरीलाई झुण्ड्याएर आफुले समेत सोही डोरीमा झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । नन्दले डोरी काटेर प्रेमालाई बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनु भयो ।बालिकाको शव भने नजिकैको खोलामा लगेर गाडी सकेको जानकारी प्राप्त भएपछि तत्काल प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीले दानव खोला नजिक बालिकाको शव फेला परेको थियो । प्रहरीले थप अनुसन्धानको लागि पक्राउ पर्नेहरुमाथि अदालती प्रकृया अगाडि बढाएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६