ब्रेकिंग न्युज

दाङमा सहायक प्रधानाध्यापक आफ्नै आँगनमा मृत अवस्थामा फेला



दाङ १४ फागुन । घोराही उपमहानगरपालिका–१०, सौंडिकुला निवासी श्रीधर घिमिरे आफ्नै आँगनमा मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ४३ वर्षीय घिमिरे लमडरुवाका माविका सहायक प्रधानाध्यापक हुन् । बच्चासहित श्रीमती माइतीको गएका कारण बिहीबार राति घिमिरे एक्लै रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार आफ्नै घरको दोस्रो तल्लाबाट लडेर घिमिरेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ  ।

‘उहाँको शव घरको दोस्रो तल्लाको शौचालय मुनि आँगनमा फेला परेको हो,’ डिएसपी रिजालले भने, ‘शौचालय जान खोज्दा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’घिमिरेको कोठाको प्रकृति हेर्दा राति उनले मदिरा सेवन गरेको प्रहरीको भनाइ छ । मदिरा सेवन गर्दै गर्दा शौचालय जाने क्रममा उनी घरको दोस्रो तलाबाट लडेर मृत्यु भएको हुन सक्ने डिएसपी रिजालले जानकारी दिए ।उहाँको शरीरमा अन्त कतै चोटपटक छैन, गाला धस्सिएको छ र नाक, मुखबाट रगत आएको अवस्थामा शव फेला परेको छ,’ रिजालले भने ‘शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ ।’पोष्टमार्टम रिपोर्टपछि थप कुरा भन्न मिल्ने प्रहरीले बताएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६