अर्थ-वाणिज्य

शिक्षक सरुवामा चलखेल भएको भन्दै सच्चिन निर्देशन



कपिलवस्तु १४ फागुन  नेपाल राष्ट्यि शिक्षक संगठनका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारीले कुनैपनि शिक्षकलाई सरुवाको नाममा चलखेल नगर्न मातहतका समितीलाई  निर्देशन दिनुभएको छ । उहाले शिक्षक सरुवाको नाममा विभिन्न किसिमका चलखेल हुने गरेको बताउदै यस्तो नगर्न निर्देशन दिनुभएको हो । उहाले  शिक्षकहरुले  आफ्नो इज्जतलाई बेच्न नहुने औल्याउनुभयो  । नेपाल राष्ट्यि शिक्षक संगठन बाणगंगा नगर समितीको दोस्रो अधिवेशनमा आज प्रमुख अतिथीको रुपमा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।

 यस्तै कार्यक्रममा उपप्रमुख चक्रपाणी अर्यालले बोल्दै देशका ठुला ठुला शासन व्यवस्थाहरु परिवर्तन गर्दा शिक्षकहरुको अहम भुमिका रहेको उल्लेख गर्नुभयो । उहाले देशको व्यवस्था परिवर्तनका निम्ती शिक्षकहरुको आन्दोलन निणार्य आन्दोदनको भुमिका खेल्ने गरेको बताउदै  अबको  शिक्षक आन्दोलन  देशमा बेरोजगारी अन्त्य गर्ने , जिवन उपयोगी शिक्षालाई जोड दिने किसिमको हुनुपर्नेमा जोड दिनुभयो ।

    यस्तै कार्यक्रममा नेपाल राष्ट्यि शिक्षक संगठनका लुम्बिनी प्रदेश अध्यक्ष जगन्नाथ मरासिनी सदस्य गोकंण पोख्रेल, बाणगंगा शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई , नेपाल राष्ट्यि शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पन्थी लगाउतले बोल्दै राजनितिका कारणले  शिक्षक संगठनका गतिविधिलाई रोक्न नहुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव ओम प्रकाश घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने आथिर्क प्रतिवेदन कोषाध्यक्ष सुरेन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको थियो । नगर अध्यक्ष जगतराज रेग्मीको अध्यक्षता, सचिव ओम प्रकाश घिमिरेको संचालन तथा रुद्रमाया पौडेल को स्वागतमा सम्पन्न भएको हो ।

    यस्तै दोस्रो अधिवेशनले धनु गाहाको अध्यक्षतामा २२ सदस्यीय नया समिती चयन भएको छ । जसको उपाध्यक्षमा  बलराम पाण्डे र अनिता कंडेल रहनुभएको छ भने  सचिवमा विष्णु कुमार थापा, सहसचिवमा सरस्वती गौतम, कोषाध्यक्षमा पुनम राना, सहकोषाध्यक्षमा सृजना न्यौपाने पन्थी रहनु भएको छ भने अन्य सदस्यमा रहनु भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६