कपिलवस्तु १५ फागुन ।लुम्विनी प्रदेशको अर्थब्यवस्थाको प्रमुख आधार पर्यटन उद्योग रहेको लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले बताउनु भएको छ । लुम्बिनी प्रदेशमा अहिलको अवस्थामा कृषि अर्थब्यवस्थाको आधार भएको बताउदै भबिष्यमा पर्यटन उद्योगमा आउने परिवर्तनले अर्थब्यवस्थामा ठूलो टेवा पुग्ने उहाको भनाई छ । उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको होमस्टे ब्यवस्थापन तालिमको कपिलवस्तुको जगदिशपुर जलशयमा उदघाटन गर्दै यस्तो बताउनुभएको हो ।
प्रदेश सरकारले पर्यटनलाई बढवा दिदै बिभिन्न रणनितिका साथ अघि बढिरहेको सांसद पन्थीले स्पष्ट पार्नुभएको छ । ग्रामिण क्षेत्रको अर्थब्यवस्थालाई बलियो बनाउन होमस्टेले महत्वपूर्ण टेवा पु¥याउने बताउदै पृथक पहिचान बनाएर होमस्टेलाई अघि बढाउन ब्यवसायिहरुलाई सुझाब समेत दिनुभयो ।बिशुद्ध ब्यवसायिक रुपमा होमस्टेलाई प्रबद्धर्न गर्दै अघि बढाउन आग्रह गर्दै प्रदेश सरकारको स्थानिय उत्पादनलाई बजारीकरण र प्रद्धर्बनमा सधैब आवश्यक साथ सहयोग रहने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमले होमस्टेहरुलाई अनुदानका लागि २ करोड बजेट बिनियोजन गरि बिभिन्न होमस्टेहरुले दिएको प्रस्तावका आधारमा २५ वटालाई छनौट गरि अनुदान दिएको जानकारी गराउनुभएको छ । प्राप्त भएको अनुदानलाई सहि रुपमा सदुपयोग गर्न आग्रह गर्दै होमस्टेका माध्यमबाट स्थानिय उत्पादनलाई आयआर्जनको पाटोमा जोड्न ब्यवसायीहरुलाई सुझाब दिनुभयो ।
मन्त्रालयको बार्षिक कार्यक्रम अन्तगर्त आयोजना गरिएको तालिममा ३ जिल्लाका होमस्टे ब्यवसायिहरुको सहभागिता रहेको उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालय छैठौ अधिकृत कृष्ण पौडेलले बताउनुभयो । होमस्टे सञ्चालनमा काुननी प्राबधान ,होमस्टेको ब्यवस्थाकीय पक्ष , कसरी आर्थिक क्षेत्रमा जोड्ने लगाएतका बिषयबस्तुमा आधारित रहेर तालिम सञ्चालन हुने छ ।१६ गतेसम्म सञ्चालन हुने तालिमम लामो समयदेखी होमस्टेमा क्षेत्रमा काम गर्दै आउनुभएका मूख्य प्रशिक्षक तिलक ढकाल र कृष्ण चौधरी रहनुभएको छ ।
तालिममा रुपन्देही नवलपरासी र कपिलवस्तुका गरि ३५ होमस्टे ब्यवसायिहरुको सहभागिता रहेको मन्त्रालयका पर्यटन बिकास शाखाका आलोक कुमार ओझाले जानकारी गरानउभयो । यता कपिलवस्तुको जगदिशपुरमा मात्र अहिले १३ घर होमस्टे सञ्चालनमा रहेका छन ।
प्रतिक्रिया