कपिलवस्तु १६ फागुन । कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा एक दम्पतीले आफनै लगानीमा कृषि क्पाम्पस र बिबिए संचालनकालागि भवन निर्माणको काम सुरु गरेका छन । नगरपालिका वडा नम्बर २ का मोहोम्म अर्सद –मुक्कु_ र कमला दाहालले आफ्नै लागनीमा सो पढाई संचालनका लागि निर्माणको काम अघि बढाएका हुन ।
जिल्लामा कृषि क्याम्पस र बिबिएको पढाई नहुदा कपिलवस्तुका थुप्रै बिद्यार्थीहरु सो बिषय पढन जिल्ला बाहिर जाने भएकाले बिद्यार्थीहरुको सुबिधालाई मध्यनजर गर्दै भवन निर्माणको काम अघि बढाएको संचालक अर्सदले बताए । १० कठ्ठा क्षेत्रफल रहेको जमिनमा भवन निर्माण थालिएको छ । भवन निर्माणको लागि डिपिआर समेत निर्माण गरी कार्य अघि बढाइएको उनले बताए । भवन ६ तले र ६५ कोठे हुनेछ ।
जसमा अन्डरग्राउन्ड पार्किङ हुनेछ । भवन निर्माणको अनुमानित लागत १५ करोडको छ । सो क्याम्पसका प्रस्तावित प्राचार्य श्याम प्रजापतिले निजी लगानीमा कृषि क्याम्पस र बिबिए पढाईकालागि भवन निर्माण गर्नु राम्रो कुरा भएको बताए । उनले निकट भबिस्य मै यसले शिक्षा क्षेत्रमा योगदाना दिने उनले बताए ।
प्रतिक्रिया