अर्थ-वाणिज्य

कम्युनिष्टले दाङ पुराएको राजधानी फर्काएर रुपन्देही ल्याउछौं :बोहोरा



भैरहवा १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका बरिष्ठ
नेता दीपक बोहराले आफ्नो पार्टी सत्तामा गएमा लुम्बिनी प्रदेशको राजधानी पुन रुपन्देही
ल्याउने बताएका छन्। आँफू सरकारमा रहदा सातै प्रदेशको राजधानी तोकेको बताए। राष्ट्रिय
प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ को भेलालाई सम्बोधन गर्दै नेता बोहराले
क्याविनेट बैठक रोकेर नै रुपन्देहीलाई प्रदेश राजधानी तोकेको भन्दै अहिलेको कम्युनिष्ट
पार्टीले नै राजधानी सारेर दाङ पु¥याएको आरोप लगाए।

नेता बोहोराले मर्चवारबाट नै आफ्नो राजनिति अघि बढेकोले, मर्चवारसँग
बढि लगाव रहेको बताए।
  उनले मर्चवारमा कुनै
पनि समस्या आए सरकार बाहिर भएपनि सहयोग गर्न तत्पर रहेको बताउदै आफुलाई विकास निर्माणको
  प्रतिद्वन्द्वी नठान्न आग्रह गरे।
बोहोराले कानुनमा बन्देज भएपनि धर्म निरपेक्षताको नाममा संस्कृति,
सभ्यता, आस्था माथी
  पैसाको लोभले धर्म परिवर्तन
गराउने काम भइरहेको बताए। राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न राप्रपाले माग गरिरहेको
उनको भनाइ छ ।

क्षेत्रीय भेलामा राष्ट्रिय जनता पार्टी
नेपालका केन्द्रिय सदस्य तथा नेपाल प्रवासी तराई मधेस मंच कतारका अध्यक्ष अहमद्दीन
खानको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि ६०१ जना राप्रपामा प्रवेश गरेको सो पार्टीले
जनाएको छ । 

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६