ब्रेकिंग न्युज

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर प्रचण्ड सर्वोच्च अदालत पुगे



काठमाडौँ १६ फागुन ।  नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो । प्रचण्डले विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले सर्वोच्चमा अवहेलनासम्बन्धी रिट दायर गरेका थिए । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा भने सर्वोच्चले सरकारको निर्णय बदर गरिदिइसकेको छ । 

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६