अर्थ-वाणिज्य

प्रधानमन्त्री ओलीद्धारा नेपाल–चीन औद्योगिक पार्क शिलान्यास



काठमाण्डौ १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली झापा जानु भएको छ । नेपाल–चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओलीले बिहान १० बजे गृह जिल्ला झापा जानु भएको हो ।दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको संगमस्थल झर्कामा निर्माण हुने नेपाल चीनमैत्री औद्योगिक पार्क सरकारले स्थापना गर्न लागेका ६ वटा औद्योगिक क्षेत्रमध्येको सबैभन्दा ठूलो हो ।यो औद्योगिक क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्छ । १ हजार ३ सय बिघा क्षेत्रफल निजी जग्गा अधिग्रहण गरेर बनाउन लागिएको पार्क निर्माणका लागि ६४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । प्रधानमन्त्री ओली आजै काठमाण्डौ फर्किने कार्यक्रम छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६