अर्थ-वाणिज्य

प्रधानमन्त्री ओलीले कमल खोलाको पक्की पुलको उद्घाटन ,



झापा १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार कमल गाउँपालिका २ को कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ । गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने यस पुलको लम्बाइ एक सय ७० मिटर र चौडाइ ११ मिटर छ । सडक डिभिजन कार्यालय दमकले निर्माण गरेको यस पुलको ठेक्का मैनाचुली हिराचन अञ्जना जेभी काठमाण्डौले १६ करोड ६२ लाख ६४ हजार नौ सय ७५ रुपैयाँमा लिएको थियो । विसं २०७२ माघ ६ गते ठेक्का सम्झौता भएको यस पुलको अहिले निर्माण सम्पन्न भएको हो ।झापाका चार पुलको उद्घाटनपछि प्रधानमन्त्री ओलीले चीन नेपालमैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले बताउनुभयो ।प्रधानमन्त्री ओलीले आइतवार नै मदन भण्डारी लोकमार्गका निर्माण हुने ३१ पुलको एकैचोटि शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६