प्रदेश

नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा



काठमाडौं १७ फागुन । नेकपा प्रचण्ड-माधव समूहको सचिवालय बैठक सिंहदरबारमा बसिरहेको छ । संसदीय दलको कार्यालयमा केहीबेर अगाडि बैठक शुरु भएको हो ।संसद् बैठकको मिति नजिकिदै गएका बेला कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालयका नेताहरु छलफलमा जुटेको जनाइएको छ ।अविश्वासको प्रस्तावमाथि साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले विपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग आग्रह गरेका छन् ।

तर, विपक्षी नेताहरुले भने नेकपा विभाजित भएको प्रष्ट नभएसम्म निर्णय नलिने बताएका छन् । यस्तो अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे सचिवालय बैठक बसेको एक नेताले बताए ।सर्वोच्च अदालतले गएको ११ फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएपछि सरकारले २३ फागुनमा बैठक बोलाएको छ । यसबाहेक निर्वाचन आयोगले पार्टी वैधानिकता विवाद नटुंग्याएको विषयमा पनि छलफल हुने भएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६