आफ्नैबाट असुरक्षित बन्दै बालिका ।
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकामा ५ वर्ष की बालिका बुवाबाट बलात्कृत भएकी छिन । आमा माइत गएको बेला वडा नं. १ दोबाटा २८ वर्षका युवाले आफ्ना छोरी माथि बलात्कार गरेको आरोप पक्राउ परेका छन् । फाल्गुन ११ गते भएको घटना आमा घर फर्किए पछि बाहिर आएको थियो । घटनाको २ दिन पछि आमा माइलबाट फर्किए पछि वालिकाले यौनाङ्ग दुखेको बताएकी थिइन । यौनाङ्गमा घाउ भएको देखे पछि आमाले सोधपुछ गर्दा बालिकाले घटनाको बारेमा बताएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए । घटना प्रभावित बालिकाको परिवारको आर्थिक अवस्था समेत अति निम्न रहेको बताइएको छ ।
घटना प्रहरी समक्ष पुगे पछि आरोपित बुवा फरार भएका थिए । प्रहरीले चन्द्रौटा बजारमा लुकेको अवस्थामा बिहीबार पक्राउ गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनु भयो । सोसल मिडियाको नकारात्मक प्रभाव, नैतिकता शिक्षाको अभाव, प्रविधिको दुरुपयोगका कारणले बलात्कार बढेको मानवअधिकार कर्मी रवीन्द्रनाथ ठाकुरले बताए ।
गत माघ २९ गते कपिलवस्तु कै बिजयनगर गाउँपालिका वडा नं. २ इमलीखर्कमा एक किशोरी मामा बाट बलात्कृत भएकी थिइन । मेला घुमेर घर फर्किदा अबेला भए पछि मामाको मोटरसाइकलमा घर फर्किन लागेकी थिइन । वन क्षेत्रमा शौचालय जाने बहानामा बाइक रोकी जबरजस्ती करणी भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको थियो ।
प्रतिक्रिया