भैरहवा १८ फागुन ।लुम्विनी विश्व विद्यालले सरकारवाट एकसय विगाह जमिन पाउन सफल भएको छ । विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले सरकारको यो कामले विश्व बिद्यालयलाई ठूलो उचाई प्रदान गरेको वताउनु भक्एोछ । प्राप्त जानकारी अनुसार नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सय विघा जग्गा दिने निर्णय गरेको छ। यही फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले देवदहको सित्तलनगरमा माग भएको ६१।२५ हेक्टर अर्थात एक सय विघा जति जग्गा विश्वविद्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो।
विश्व विद्यालयका रजिष्टार आचार्यले जग्गा प्राप्ती भएपछि अब गुरुयोजना बनाएर अघि बढ्ने बताउनु भयो । ‘प्रारम्भीक योजना बनाइसकेका छौं। गुरुयोजना बनाएर अघि बढ्छौं।’ उहाले भने ‘डिपिआर बनाउँछौं। क्रमश संरचना बनाउँदै जान्छौं।’ विश्वविद्यालयको केन्द्रीय कार्यालय लुम्बिनीमै रहने र शैक्षिक संरचना देबदहमा रहने आचार्यले बताउनु भयो ।
लुम्बिनीमा अहिले केन्द्रीय कार्यालय र आवाशीय क्षेत्र गरी ११ विघामा संरचना रहेको छ। फराकिलो ठाउँ विश्वविद्यालय बनेपछि लुम्बिनी बौद्ध विश्वविद्यालय मुलुककै नमुना बन्ने रजिष्टार आचार्यको दाबी छ। विश्वविद्यालयले २०७२ सालदेखी जग्गा प्राप्तीको लागि पहल सुरु गरेको थियो।
प्रतिक्रिया