प्रदेश

प्रधानमन्त्री केपी शर्मा ओली झापा र मोरङ जाँदै



काठमाण्डौ १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री ओली काठमाण्डौबाट पहिले झापा जाने कार्यक्रम रहेको छ ।ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नुहुनेछ । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ ।पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली अस्ति झापा र हिजो पोखरा  जानुभएको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६