ब्रेकिंग न्युज

दाङमा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु ,सात जना पक्राउ



दाङ १८ फागुन । घोराही उपमहानगरपालिका–१० जलौरामा केटी जिस्क्याएको निहुँमा कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ भने प्रहरीले सो घटनामा संलग्न सातजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१६ निवासी २१ वर्षीय राजन चौधरीमाथि बिहेको भोजमै कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते उनको उपचारका क्रममा निधन भएपछि प्रहरीले कुटपिटमा संलग्न सातजनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ ।

यसरी भएको थियो विवाद

प्रहरीका अनुसार फागुन १४ गते घोराही उपमहानगरपालिका–१० जलौरा निवासी वीरबहादुर चौधरीको छोराको बिहे भोज थियो । बेहुलाको साथीका रुपमा विवाहको निम्तो मान्दै भोज खान घोराही–१६ बस्ने २१ वर्षीय राजन चौधरी पनि पुगेका थिए । भोज चलिरहेको समयमै केटी जिस्क्याएको निहुँमा स्थानीय केही युवासँग राजनको विवाद भएको र विवाद बढ्दै जाँदा स्थानीय युवाले राजनमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ ।कुटपिटबाट गम्भीर घाइते भएका राजनलाई उपचारका लागि तत्कालै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । प्रतिष्ठानमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरियो । उपचारकै क्रममा बुटवल मेडिकल कलेजमा राजनको फागुन १५ गते मृत्यु भयो ।

राजनको मृत्युपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दै कुटपिटमा संलग्नहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाहीको प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार बेहुलाका पिता वीरबहादुरसहित कुटपिटमा संलग्न युवाहरुलाई पक्राउ गरिएको छ । वीरबहादुरले झगडा छुट्याउनुको साटो विवादलाई चर्काउँदै कुटपिट गर्न स्थानीय युवालाई हौस्याएको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ईलाका प्रहरी कार्यालय नारायणपुरको प्रहरी टोलीले वीरबहादुरका अतिरिक्त कुटपिटमा संलग्न स्थानीय युवा आकाश चौधरी, उमेश चौधरी, आशिष चौधरी, सन्दिप चौधरीसहितलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दका अनुसार पक्राउ परेका सबैमाथि कर्तब्य ज्यान मुद्दा दर्ता गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए । रिजालका अनुसार पक्राउ परेका सबैले साबिती बयानमा आरोप स्वीकार गरेका छन् । यद्यपि अनुसन्धान जारी रहेको उनले बताए ।

प्रकाशित : १८ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६