प्रदेश

नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाण्डौँ १९ फागुन ।नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो।प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्दै प्रचण्ड-नेपाल समूह प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने बताउँदै आएको छ।तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६