लमजुङ १९ फागुन । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय युवालाई पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहूँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाएको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डा। अहिले नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहूँ जिल्ला अस्पतालमा पठाइएको छ ।बलात्कारमा संलग्न युवाकी बहिनी र पिडित बालिका साथी हुन् संगै पढ्ने र टिकटक बनाउन भन्दै पिडित बालिका युवाको घरमा जाने गरेकी राजधानी दैनिकमा प्रकाशित छ ।
१९ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया