ब्रेकिंग न्युज

गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत फेला



गुल्मी १९ फागुन । गुल्मीको मदाने संरक्षित वन क्षेत्रमा एक पुरुष मृत फेला परेका छन् । मालिका गाउँपालिका– ३ ह्वाङदीस्थित दमार्नेको ठूलो जंगल क्षेत्रमा शव भेटिएको वडाध्यक्ष राजकुमार विकले जानकारी दिनु भयो ।शव अत्यन्तै सडेको अवस्थामा भएकाले पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनु भयो ।स्थानीयले जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट मुचुल्का उठाएर शव गुल्मी अस्पताल तम्घास ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनु भयो ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६