अर्थ-वाणिज्य

तिम्लीया छोराकी आमा मनिषालाई आर्थिक संकट :स्थानीय सरकार राहत सहित सुत्केरीको घरमा



कपिलवस्तु १९ फागुन १५ दिनकी सुत्केरी हसिलो मुहार छ । ३ छोरा स्वस्थ नर्मल रुपमै जन्माउदा खुशीको सिमा छैन ।  बच्चा पेटमा छदा जाँच गराउदा २ वटा मात्र वच्चा छ  भनेका थिए  । कसरी जन्माउने होला भनेर चिन्ता लागेको थियो । हस्पिटलमा पुगेर नर्मल रुपमै ३ छोरा जन्मिए , खुशी लाग्यो  ।  बाणगंगा नगरपालिका  ११ ओदारीस्थित प्रोजेक्ट टोलकी तिम्लीया बच्चा जन्माएकी २७ वर्षीया मनिसा पाठकको यो भनाई हो । मनिषा आर्थिक रुपले भने कमजोर छन , जसका कारण उनलाई आफुलाई पोषिलो चिज खान र वच्चालाई ल्याक्टोजिन खुवाउन धौ धौ परेको छ ।

    मनिषालाई वुधवार वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु , प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र वहादुर डाँगीले खाद्यान्न र आर्थिक सहयोग गर्नु भएको छ ।  उहाँहरु मनिषाको घरमै गएर राहत स्वरुप सहयोग गर्नु भएको हो । मेयर थारुले नगरपालिकाको तर्फबाट २ बोरा चामल र २३ हजार ५ सय नगद दिनु भएको छ । बस्ने घर मात्र रहेको मनिषाको परिवारलाई पोषणयुक्त खानाका लागि सहज होस भनेर सहयोग स्वरुप खाद्यान्न र नगद पैसा दिइएको उहाँले जनाउनु भयो । एउटा वच्चा जन्माउन र हुर्काकाउन त गाह्रो हुन्छ त्यसैमा ३ वटा वच्चा जन्माउन र हुर्काउन निकै कठिन हुन्छ , मनिषालाई सबैले सहयोग पुर्याउनु पर्छ , मेयर थारुले भन्नु भयो । प्रमुख प्रशासकिय अधिकृत डाँगीले मनिषलाई व्यक्तिगत रु ५ हजार दिनु भएको छ । 

सुत्केरीलाई पोषिलो खानाका लागि केहि भए पनि सहयोग हुन्छ भनेर आफुले उक्त रकम दिएको बताउनु भयो ।  यस्तै वडा अध्यक्ष सोमनाथ अर्यालले सुत्केरी पाठक परिवारलाई रु ५ हजार नगद आर्थिक सहयोग गरेको बताउनु भयो । अन्य खाद्यान्नको लागि पनि आवश्यकता अनुसार सहयोग जुटाउने अध्यक्ष अर्यालले बताउनु भयो । पारिवारिक अवस्था सामान्य भएको हुँदा ती बच्चाहरुलाई कसरी पालन पोषण गर्ने भन्ने बिषयमा परिवार चिन्तित छ । मनिषाका ८ वर्षीया र १ वर्षीया छोरी छन् । एकै पटक तिनवटा नाती पाउँदा बच्चाकी हजुर आमा भिमी पाठक खुशी हुनुहुन्छ  भने अर्कोतर्फ आर्थिक अवस्था कमजोर भएको हुँदा पुर्ण रुपमा पौष्टिकतत्व खुवाउन नसकिएको बताउनु  भयो । तिन बच्चालाई आमाको दुधले नपुगे पछि   दैनिक ल्याक्टोजिन खुवाउँदै आएको हजुर आमा  पाठकले बताउनु भयो ।  बस्ने बास बाहेक अरु केहि नभएको उहाँले जनाउनु  भयो ।  पालै पालो नातिलाई  ल्याक्टोजिन खुवाउने गरेको उहाँ बताउनु हुन्छ । 

मनिषाले यही फागुन ५ गते लुम्बिनी प्रादेशिक अस्पत्ताल बुटवलमा एकै पटक ३ वटा छोरा जन्माउनु भएको हो । फागुन ५ गते बेलुकी मनिसालाई सुत्केरी बेथा लागेपछि प्रादेशिक अस्पत्ताल बुटवलमा लगियो ,उहाँले  तिन वटै बच्चालाई नर्मल जन्माउनु भयो । अहिले तिन बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ,’ पाठकले भन्नु भयो ।  आर्थिक स्थिती भने कमजोर छ , यहि  समस्यालाई बुझेर  सहयोग  गरिदिनका लागि परिवारले आग्रह गर्दै एनआइसी एसिया बैंक जीतपुर चार नम्बर शाखामा रहेको नारायण बहादुर पाठकको खाता नं १५८५७५०७९८७७४००१ मा सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६