अर्थ-वाणिज्य

मुसीकोटमा जापानी दूतावासद्वारा बिद्यालय हस्तान्तरण



गुल्मी २० फागुन । गुल्मीको मुसीकोटमा जापानीज दूतावासले विद्यालय हसन्तरण गरेकोछ जापानी राजदुतावासले नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट २ को नवनिर्मित भवन विद्यालयलाई  हस्तान्तरण गरेको छ । जापानी सस्था (जीजीपी) को आर्थिक सहयोगमा चार कोठे भवन निर्माण गरिएको छ। जापान राजदुतावासका फस्ट सेक्रेटरी मिया मोतो केन्तरे र प्रोजेक्ट म्यानेजर नाउरो काटेले विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदीप घिमिरेलाई भवनको चापी हस्तान्तरण गरे । 

कार्यक्रममा जापानी राजदुतावासको टोलीलाई स्वागत गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपालको पुर्वाधार बिकासमा जापान सरकारले खेलेको भुमिका निकै महत्त्वपूर्ण रहेको बताए । सापकोटाले राजदुतावाससग आगामी दिनमा नगरका अरु क्षेत्रको बिकासमा पनि सहयोगको अपेक्षा गरे । यो भवन ०७५ फागुनमा न्यु लिजा कन्ट्रक्सनले ८५ लाख ८३ हजारको लागतमा विद्यालय भवन निर्माणको सम्झौता गरेको विद्यालयका प्रध्यानाध्यापक सुरेन्द्र नेपालीले जानकारी दिए ।

नेपाल राष्ट्रिय त्रिभुवन माबिले आगामी बर्षदेखि सीटीइभीटी मार्फत कृषि प्राबिधिक शिक्षा संचालनको योजना बनाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदनदिप घिमिरेले बताए । मुसिकोट नगरमा नेपाल राष्ट्रिय त्रिभुवन माबीले पहिलोपटक कृषि प्राबिधिक शिक्षा संचालन गर्दैछ । ३५ रोपनी जग्गा समेत प्राप्त गरेर प्राबिधिक शिक्षाको कागजी प्रक्रियाको काम भैरहेको घिमिरेले बताए ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६