कपिलवस्तु २० फागुन ।नेपाल घरेलु तथा साना उद्योग महासघंका केन्द्रिय कार्यावाहक अध्यक्ष उमेश प्रसाद सिंहले घरेलु तथा साना उद्योगको स्वर्णिम काल शुरु भई सकेको वताउनु भएको छ । उहाले वर्तमान सरकारले घरेलु उद्योगलाई उच्च प्राथमिकतामा रोखर निति ,कार्यक्रम र वजेट मार्फत संवोधन गरेको वताउनु भएको छ । सिंहलेदेश विकास र आर्थिक समृद्धिका लागि घरेलु तथा साना उद्योग राज्यको प्राथमिकतामा पर्नुपर्ने भएकाले सरकार तयार भएको वताउनु भयो ।
कपिलबस्तुमा आयोजित अगुवा उद्यमी हरुसंगको अन्तरक्रियामा बोल्दै घरेलु तथा साना उद्योग महासघं स्थानीय प्रदेश र संघिय सरकारको राजस्व परामर्श समितीमा पदेन सदस्य रहने व्यवस्था लागु भएसंगै निति निमार्ण तहमा महासघंको भुमिका प्रभावकारी बनेको दाबी गर्नुभयो । निकट भविष्यमा हुन लागेको महासघंको केन्द्रिय अधिवेशनबाट अध्यक्षका निम्ती प्रत्यायसी रहने औल्याउदै आफुले नेतृत्व गर्न पाएमा नेपाल घरेलु तथा साना उद्योग महासघंलाई सबल,सक्षम र प्रभावकारी तुल्याउने दाबी गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै कपिलबस्तुका बरिष्ट उद्यामी एवं संविधान सभा सदस्य विश्राम प्रसाद थारुले नेपालका लागि घरेलु तथा साना उद्योगको विकास आशा लाग्दो रुपमा भैरहेको बताउनुभयो ।
यसैगरी महासघंका महिला उद्यामी समिती लुम्बिनीका अध्यक्ष शान्ता शर्माले महिला र पुरुषको पालिका देखि केन्द्र सम्म समानान्तर संगठन र परिचालन भएको संस्थामा घरेलु् तथा साना उद्योग महासघं एक मात्रा विशिष्ट संस्था रहेको दाबी गर्नुभयो । कपिलबस्तु शाखाका अध्यक्ष फु्लकुमारी श्रेष्ठको अध्यक्षता, शाखा सचिव रविन्द्र पौडेलको सहजिकरणमा भएको कार्यक्रममा महासघंका केन्द्रीय सदस्य भेषराज पाण्डे, रुपन्देही शाखाका निर्वतमान अध्यक्ष कन्हैया लाल अग्रहरी लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया