जीवनशैली

मानव अधिकार हेल्पडेस्कको संयोजकमा पछाई



कपिलबस्तु २१फागुन ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको आयोजनामा कपिलवस्तुमा फागुन २० गते मानव अधिकार हेल्थडेक्स स्थापनाका लागि जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलख बहादुर पछाईको नेतृत्वमा १३ सदस्य जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ ।

सञ्जालको सचिववालय ,इन्सेक जिल्ला प्रतिनिधि सदस्य सचिव रहने र सदस्यका रुपमा जिल्ला वारयसोसियसन इकाई कपिलवस्तु, गैरसरकारी संस्था महासघ कपिलवस्तु ,उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु,  जवाफदेही निगरानी समुह कपिलवस्तु ,मानव अधिकार निगरानी समुह कपिलवस्तु, मानवअधिकार समुह बाणगगा , मानवअधिकार समुह बुद्धभुमि , मानवअधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तु, दलित महिला संघ कपिलवस्तु र इन्सेक सहजकता सहितको संजाल गठन भएको छ । 

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी कार्यक्रम संयोजक सरस्वती मल्लले सञ्जाल गठनको उद्देश्यमाथि प्रकास पार्दै समग्र मानवअधिकारको सवालमा र पीडितको न्यायका लागी नागरिक अधिकारका पक्षमा वकालत गर्नका लागी मानवअधिकार संजालको आवस्यकता महसुस गरि गठन गरिएको बताउनु भयो ।कार्यक्रममा उपस्थित अधिकारकर्मीहरूले सेवा प्रदायक निकायलाई मानव अधिकारप्रति जिम्मेवार बनाउदै र सेवाग्राहीलाई सचेत गराउनु पर्नेमा जोड दिएका थिए ।

अध्यक्ष दोलख बहादुर पछाईले इन्सेकले जुन लक्षका साथ संजाल गठन गरेको छ त्यसमा आफु प्रतिबद्ध हुदै अगाडी बढने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेकले समग्र मानवअधिकार आन्दोलनको अगुवाई गर्दै आएकोले साथमा साथ दिएर यो संजाललाई अगाडी बढाउन आफु लागी प्रर्ने बताउनु भएको छ ।यसैगरि बारएसोसियसन इकाई अध्यक्ष हुम बहादुर कुवरले सशस्त्र द्धन्दको समय देखिनै इन्सेकले राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका विषयमा वकालत र न्यायका लागी काम गर्दे आएकोले अव पनि परिस्थीति जन्य घटना हुन सक्ने हुदा सजक रहन संजाल आवस्यक रहेको बताउनु भयो ।

यसैगरि गैर सरकारी संस्था महांसघका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, उपभोक्ताहित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे, पत्रकार महासंघ जिल्ला सचिव हरि अधिकारी, मानवअधिकार निगरानी समुहका संयोजक रामदयाल ठाकुर ,मानवअधिकार निगरानी समुहकी संयोजक पुस्पा रेग्मी, दलित महिला संघकी अध्यक्ष माया नेपाली, मानवअधिकार सुमुह बाणगगाकी अध्यक्ष इन्द्रा भट्टराई , कृण्ण प्रसाद खनाल इन्दीरा पन्थ, सुमित्रा भट्राई लगाएतले यो संजाल नियमित र कृयासिल रुपमा निरन्तर संचालनका लागी कार्यायोजना निमार्णगरि अगाडी बढाउन सुझाव दिनु भएको थियो ।कार्यक्रम इन्सेक लुम्बिनी प्रदेश कार्यक्रम संयोजक सरस्वती मल्लको अध्यक्षता र इन्सेक सहजकर्ता नन्दराम पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६