प्रदेश

नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप



काठमाडौँ २१ फागुन ।नेकपाको संसदीय दलको बैठक बोलाउन दुई पक्षबीच हानाथाप भएको छ । ओली पक्षले आइतबार बैठक बोलाएपछि दाहाल नेपाल पक्षले आज नै बैठक बोलाउन लागेको हो ।पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ । ओली पक्षले बैठक बस्नु एक घण्टा अघि २३ गते ३ बजेका लागि बैठक बोलाएपछि दाहाल-नेपाल पक्षले त्यसअघि आज नै बैठक राख्ने तयारी गरेको सांसद देव गुरुङले जानकारी दिनुभयो ।गुरुङलाई हटाएर ओलीले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका १७३ जनै सांसदलाई एसएमएस पठाएपछि अर्को पक्ष झस्केको छ । भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएसमार्फत खबर गरिएको जानकारी दिनुभयो ।

संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल-नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न संसद सचिवालयलाई आग्रह गरेको छ ।ओलीलाई पार्टीले एक महिनाअघि नै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको दाबी गर्दै प्रचण्डले संसदका महासचिवलाई उनले पठाएका कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेका छन् ।संसद बैठक बस्ने दिन नजिकिदै जाँदा नेकपामा सांसद तानातानको अवस्था सिर्जना भएको छ । दाहाल नेपाल पक्षे ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बताउने तयारी तीव्र बनाएका छन् ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६