अर्थ-वाणिज्य

तीन बुदे समझदारीको मानव अधिकार रक्षक संजालद्धारा स्वागत



कपिलवस्तु २१ फागुन । नेपाल सरकार र सशस्त्र द्धन्द्धको नेतृत्व गदै आएको नेकपा माओवादी विप्लव समुह विच आज फागुन २१ गते भएको तीन बुदे सहमतिमा हस्ताक्षर गरि शान्ति प्रकृयामा आउने बातावरण श्रृजना गरेकोमा नेपाल सरकार र विप्लप समुह दुबै पक्षलाई मानवअधिकार रक्षक संजाल कपिलवस्तुले हार्दिक स्वागत गरेको छ  । 

बृहद शान्ति प्रकृयाका लागी नेपाल सरकार र नेकपा विप्लप समुहका वार्ता समुहका प्रतिनिधिहरु विचमा भएको तीन बुदे समझदारीलाई नेपाल सरकारका प्रधानमन्त्रि केपी शर्मा ओली र विप्लप समुहका महासचिव नेत्र विक्रम चन्द्र (विप्लव)ले हस्ताक्षार गर्नु नेपालको इतिहासमा ऐतिहासिक कदम भएको संजालले ठहर गरेको छ । 

सबै नेपाली जनताको शान्तिको चाहाना पुरा गराउने कुरामा नेपाल सरकारको गरेको पहलले फेरी अर्को पटक नेपाली जनतामा खुसि छाएको उल्लेखछ । यस पहिला पनि नेपाल सरकारले छुट्टै राज्यको माग गरि विद्रोहमा लागेका सिके राउतलाई समेत मुल धारमा ल्याउने कार्य गरेको थियो । अव नेपालमा कुनै पनि सशस्त्र समुह नरहेकोले विश्वमा नेपाल एक मात्र शान्ति राष्ट्रको रुपमा परिचत हुनेछ । सरकार र नेकपा माओवादी विप्लव समुह विच भएका तीन बुदे सहमतिलाई दुबै पक्षले अक्षरस पालनाको लागी यहि विज्ञप्ती मार्फत हार्दिक अनुरोध गर्दछौ भनिएकोछ ।  

    विज्ञप्ती जारी गर्नेहरुमा मानव अधिकार रक्षक संजाल कपिलवस्तुका अध्यक्ष डोलक बहादुर पर्छाई सहितका संजालका सदस्यहरु नेपाल वारएसोसियसन इकाई कपिलवस्तु, नेपाल पत्रकार महासंघ कपिलवस्तु,गैरसरकारी संस्था महासघ कपिलवस्तु  उपभोक्ता हित संरक्षण मञ्च कपिलवस्तु, जवाफदेही निगरानी समुह कपिलवस्तु ,मानव अधिकार निगरानी समुह कपिलवस्तु, मानवअधिकार समुह बाणगगा , मानवअधिकार समुह बुद्धभुमि , मानवअधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तु, दलित महिला संघ कपिलवस्तु र इन्सेक सहजकर्ता र इन्सेक प्रतिनिधि सहितको संजालले सो विञप्ती जारी गरेको हो । 

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६