कपिलवस्तु २२फागुन ।हिउँदमा बस्ती बस्तीमा धुलो र वर्षात्मा हिलाम्य हुने गाउँ बस्तीका सडकहरु यति बेला चिल्ला बनेका छन । विकासमा फड्को मार्दै गाउँवस्ती चिटिक्क बन्दै गएका छन । वाणगंगा वडा नं ११ मा तिन बर्षको अवधिमा १५ कि.मी. सडक पिच भएको छ । स्थानिय , प्रदेश र संघिय सरकारको करिब ७ करोडको लागतमा उक्त सडक कालो पत्रे भएको वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनु भयो । उक्त कालो पत्रे ओदारी देखि भड्सरवा हुदै प्रगतिनगर जोडने सडक रहेको छ ।
सडक पिच अन्तरगत मर्थीदेखि ओदारी हुदै वुङची जाने सडक र बनकटवा हुदै वडा कार्यालय जाने सडक राम्रो बनेको छ । हथौसा देखि चित्तरपुरा हुदै बरवा जोड्ने सडकका साथै विभिन्न टोल बस्तीमा जाने सडक कालो पत्रे भएको छ । यस वडा बाट घरवुधिया प्रतिक्षालय देखि पिपरा चाकड चौडा सम्मको सडक जोड्ने पिच बाटो बनेको छ । ३ वर्ष अगाडिको धुलाम्मे सडक पिच भए पछि कृषि उत्पादक किसानलाई बजारीकरण गर्न यातायातमा सहज भएको छ । वडा भित्र अझै २५ कि.मी. सडक बन्न बाँकी छ । आगामी दुई वर्षमा यो कार्य पुरा हुने जनतालाई दिएको बाचा पुरा हुने अध्यक्ष अर्यालले बताउनु भयो ।
सडक पुर्वाधार तर्फ करिब १५ किलो मिटर स्तरउन्नती भएको छ । सडक स्तरउन्नती गर्दा सडकमा बनाइएका करिब ५० भन्दा बढि पक्कि घर फालिएको छ । गाउँको सडक बनाउने ३ वटा मापदण्ड रहेको छ । गाउँको सडक ७ मिटर , एक टोल देखि अर्को टोल सम्म जाने सडक ८ मिटरको र एक वडा देखि अर्को वडामा जाने सडक कम्तीमा १० मिटरको हुनु पर्ने प्रावधान छ । पुर्वाधार विकासकै क्रममा करिब ३ करोडको लागतमा ६ किलो मिटर पक्कि नाली निमार्ण भएको छ । जनतालाई शुद्ध खानेपानी पुर्याउने प्रतिवद्धता अनुसार वडाले काम गरेको अध्यक्ष अर्यालले बताउनु भयो ।
वडावासीलाई शुद्ध पानी पुर्याउनका लागि ३ वटा परियोजना रहेका छन । ६० फुट सम्मको पानी आर्सेनिक भएकोले सबै टोल बस्ती स्तरमा ६० फुट भन्दा तलको शुद्ध पानीको व्यवस्थापन गरि चापकल बितरण गरिएको छ । शुद्ध पिउने पानीको लागि ओदारी खानेपानीले ८ सय घरधुरीलाई पुर्याउने गरि ७ करोडको लागतमा करिब ३ लाख लिटर पानीको ओभर ह्याड टयांकी निमार्ण भईरहेको छ । पानीका लागि सबैको घर घरमा पाइप विछ्याउने काम भएको छ । दोस्रो बरवा खानेपानी योजना १० करोडको लागतमा तिब्र गतिमा निमार्ण हुदैछ । यसले ९ सय घरधुरीलाई शुद्ध पानी पुर्याउने छ । त्यस्तै अर्को आर्दश खानेपानी भडसरहवामा रहेको छ । १ लाख लिटरको ओभरह्याड ट्यांकी २०७० सालमा बनेको हो । यसबाट ५ सय घरधुरीलाई शुद्धपानी दिइएको छ । यस ट्यांकीलाई स्तरउन्नतीको लागि प्रदेशमा बजेट माग गरिएको छ । सो वडामा बुवामैत्री खेलकुद कभर्डहल वनेको ,सामुदायिक सभाहल बनेकोछ । ढलनल ,पुलपुलेशा र कलभर्टको निर्माण तीव्र पारिएको छ ।
वडामा अर्को महत्वपुर्ण कार्य बालमैत्री घोषणा जेठ भित्र हुदै छ । बालवालिकाको लागि हथौसा सामुदायिक वनमा बालमैत्री पार्क निर्माण हुदै छ । समुदायलाई सचेत बनाउन सामाजिक रुपान्तरणका कार्यहरु भएका छन । महिला लक्षित कार्यक्रम अन्तरगत आदीवासीलाई तालिम , ड्राईभिङ तालिम , सिलाई कटाई तालिम , पलम्बिङ , इलेक्ट्रिसियन जस्ता सिप प्रदान गरिएको छ । सिप लिएका केहि मध्येले व्यवसायिक रुपमै काम गर्न थालेका छन । संस्कृतिको संरक्षणका लागि पञ्चेवाजा बजाउने तालिम दिएर पञ्चेवाजा समेत प्रदान गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुलाई मैन वत्ति तालिम दिइएको छ । अबको २ वर्षमा जनतालाई दिएका बाचा पुरा गर्ने कसरत वडाले गरेको छ , अध्यक्ष अर्यालले भन्नु भयो ।
प्रतिक्रिया