ब्रेकिंग न्युज

नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता बन्द



काठमाण्डौ २३ फागुन ।  नारायणगढ-मुग्लिङ सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ ।पहिरो रोकथामको बाँकी काम गर्नका लागि आजदेखि २९ गतेसम्म बिहान साढे  १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी नै आवागमन बन्द गरिने आयोजनाले जनाएको छ ।नारायणगढ-मुग्लिङ सडक आयोजनाले सूचना निकालेर सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । आयोजनाका इञ्जिनियर सबिना रानाभाटले अत्यावश्यक सेवाबाहेक सबै गाडीको आवागमन रोकिने जानकारी दिनुभयो ।

गएको असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गर्न लागिएको हो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सडक मर्मतका गर्ने क्रमममा नारायणढतर्फबाट गएका गाडीलाई जलबिरेमा र मुग्लिङतर्फबाट आएका गाडीलार्ई शान्तिबजारमा रोकिने छ ।आयोजनाले सडक मर्मत गर्ने अवधिमा  वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ । 

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६