ब्रेकिंग न्युज

गुल्मी सिमीचौर समाज रुपन्देहीको अध्यक्षमा केसि



नारायण पाण्डे  गुल्मी २३ फाल्गुण। गुल्मी सिमीचौर समाज रुपन्देहीको तेस्रो साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले मान बहादुर केसि को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षमा  जनकलाल पाण्डे ,सचीवमा कृष्ण बहादुर कार्की,कोषाध्यक्षमा रमेश पाण्डे ,सह सचिवमा ढुण्डिराज अर्याल , सह कोषाध्यक्षमा रिमा कार्की रहनुभएको छ  । भने सदस्यहरुमा दुर्गा बहादुर कुंवर,कृष्ण बहादुर बस्नेत,सुमित्रा राना,लक्ष्मी राना,नवराज भुसाल ,रेम बहादुर खत्री ,गिरिराज अर्याल रहनुभएको छ ।

साधारण सभा तथा तेस्रो अधिबेशन कार्यक्रममा नवलपरासीको मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर राना, आन्तरिक राजस्व कार्यालय बुटवलका प्रमुख ध्रुव प्रसाद पाण्डे, गु्लीमको रेसुङगा न पा १० का वडा अध्यक्ष पदम प्रसाद अर्याल लगायतको आतिथ्यता रहेको थियो । गुल्मी सिमीचौर समाज रुपन्देहीका को निवर्तमान अध्यक्ष नेत्र बहादुर बस्नेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनकलाल पाण्डेले गर्नुभएको थियो ।

साधारण सभामा संस्थाको सांगठनिक प्रतिवेदन अध्यक्ष नेत्र बस्नेत , आर्थिक आय व्ययको प्रतिवेदन कोषाध्यक्ष कृष्ण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो । यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष मोहनलाल पाण्डेलाई सम्मान गर्नुभएका साथै साइ कृपा चिया उद्योगलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । भने ६० जना आजिवन सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियो । तेस्रो साधारण सभा तथा तेस्रो अधिबेशनकै अवसरमा बनभोज कार्यक्रम पनि सम्पन्न भएको छ । भाईचारा बन्धुत्वको बिकाससंगै हाम्रो संस्कार संस्कृतिको जर्गेना गर्ने उद्देश्यका साथ समाजले बिभिन्न कार्यहरु गर्दै आएको छ । 

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६