कपिलवस्तु २४ फागुन । सन १८८९ मा क्लारा जेटकिनले महिला र पुरुषको समान अधिकारको लागि क्लारा जेट्किनले आवाज उठाएपछी १९१० मार्च ८ मा डेनमार्कको कोपनहेगमा १७ देशका एकसय बढी महिलाले दोस्रो महिला सम्मेलन गरेका थिए । सोजि सम्मेलनको निर्णय अनुसार सन १९११ मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थालिएको हो । सोही अनुरुप महिलाको सुरक्षा , सम्मान र रोजगार सम्वृद्द नेपालको आधार भन्ने मुल नाराका साथ १ सय ११ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । बुद्दभुमी नगरपालिकाले पनि भव्यताका साथ दिवस मनाएको छ । विभिन्न नारा सहितका पम्पलेट, व्यानर सहित बुड्डि चोकबाट सुरुभएको र्याली नगरपालिकाको सभाहलमा गएर सभामा परिणत भएको थियो ।
बुद्दभुमी नगरपालिका नगरउपप्रमुखको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथितिको आशनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामेले महिलाले हिंसा सहेर बस्न नहुने बताउनुभएको छ । उहाँले अवसरको खोजी गर्दै क्षमता प्रदशन गर्न समेत महिलालाई आग्रह गर्नुभएको थियो । प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल, प्रशासकिय अधिकृत राजन पोख्रेल, विभिन्न वर्डाका अध्यक्ष , विभिन्न शाखाका प्रतिनिधि लगायतले महिला हक हितमा बोल्नु भएको थियो । बुद्दभुमी नगरपालिका सामाजिक विकास शाखाको आयोजना र किर्डाक नेपाल , इलाका प्रहरी कार्यालय गोरुसिङेको सहयोगमा सम्पन्न कार्यक्रममा ५ सय बढिको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया