कपिलवस्तु २४ फागुन । बाणगंगा नगरपालिकाले १ सय ११ औ अन्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरमा जिल्लामा विभिन्न राजनैतिक दल तथा तिनका भातृ संस्था, महिला कसंग सम्बन्धीत संघसंस्था तथा नगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका हुन् । कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले महिला मुक्ती, महिला हक अधिकारका लागि थालिएको आन्दोलन समाप्त नभएको बताईन् । उनले महिला आन्दोलन नसकिएको भन्दै विगतको तुलनामा आन्दोलनका स्वरुपहरु भने परिवर्तन भएको बताईन् । राष्ट्रिय सभा सदस्य घिमिरेले विगतको उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि लड्नुपर्ने जानकारी दिईन् ।
उनले अबको लडाई भान्सामा मात्र सीमित नभई राज्यका हरेक निकायमा महिलाको समान प्रतिनिधित्व र समान पहँुचका लागि हुनुपर्ने धारणा राखिन । कानुनले तोकेको भन्दा अन्य निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागीता नहुनु बिडम्बना भएको भन्दै अबको आन्दोलन राज्यका हरेक निकायमा महिलाको समान तथा निर्णायक सहभागितामा केन्द्रित हुनुपर्ने बिचार ब्यक्त गरिन् ।राष्ट्रिय सभा सदस्य घिमिरेले महिलाले १८ घण्टा आफ्नो घरमा श्रम गरेपनि त्यसको कुनै मुल्याङकन नहुने गरेको भन्दै महिलाले घरमा गरेको श्रमको मूल्य राष्ट्रिय आयसंग जोडिनुपर्नेमा जोड दिईन् । संबिधानमा महिलाका लागि उल्लेख गरिएका हक अधिकारहरु कार्यान्वयन हुन नसकेको भन्दै अब संबिधानको कार्यान्वयनमा जोड दिनुपर्ने बताईन् ।
यस्तै जिल्ला समन्वय समितीका उप प्रमुख तारावती चौधरीले महिलाहरु श्रम तथा सीपको खानी भएको भन्दै त्यो क्षमतालाई सदुपयोग गर्दै आर्थिक आय आर्जनमा जोडनुपर्ने बताईन् । उनले महिलाहरु स्वयम पनि बलियो हुन नसक्दा निणार्यक तहमा पुग्न नसेको उनको भनाई छ ।यस्तै कार्यक्रममा वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले महिलाहरुको क्षमता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।
कार्यक्रममा उपमेयर चक्रपाणी अर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष भिष्मराज भुसाल, वडा नं १ का अध्यक्ष बालकुमारी पन्त , नेपाली कांग्रेस नगर सभापति विष्णु थापा, राष्ट्रिय जनमुक्ती पार्टी प्रतिनिधी तेज बहादुर झेडी, सामाजिक विकास डिभिजन उपसचिव नरेन्द्र बेल्वासेर्, , पत्रकार महासंगका जिल्ला उपाध्यक्ष पार्वती पाण्डे ,नागरीक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, अपाङग उत्थान समाज जिल्ला अध्यक्ष कमल ढुङगाना, इन्सेक प्रतिनिधी पार्वती आचार्य लगाएले बोल्दै नगरपालिकाले महिला मैत्री बजेट बिनियोजन गरेर आयआर्जन तर्फ केन्द्रित तर्फ केन्द्रित बनाउनु पर्नेमा जोड दिएका थिए । महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्तको संचालनमा कार्यक्रम हो । कार्यक्रममा नगरपालिकाले नारी दिवसको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया