शिक्षा

एसईईको समय तालिका सार्वजनिक



काठमाडौं २६ फागुन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ ।एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक गरेको हो ।जेठ १३ गते पहिलो दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य सँस्कृत भाषा र साहित्यरअनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ ।

जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । जेठ १६ गते अनिवार्य गणित र जेठ १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।जेठ १८ गते सामाजिक र जेठ १९ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ ।२० गते ऐच्छिक गणितको परीक्षा हुने छ । सो दिन ऐच्छिक पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ ।परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।

हेर्नुहोस् एसईई परीक्षाको तालिका


प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६