प्रदेश

प्रतिनिधिसभा बैठक आज बस्दै ,बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची



काठमाण्डौ २६ फागुन । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।यसअघि गएको फागुन २३ गतेको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत दलका सांसदले विरोध जनाएपछि बैठक आजसम्मका लागि स्थगित भएको थियो ।यस्तै कांग्रेस, माओवादी केन्द्र र जसपालगायत दलका सांसदहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै हिजो संसद सचिवालयमा विरोधको सूचना दर्ता गराएका छन् ।

हिउँदे अधिवेशन सुरु भएपछिको पहिलो बैठक नै प्रभावित भएकोले आजको बैठक पनि त्यस्तै हुने सम्भावना बढेको छ ।यस्तै दलहरूबीच विवाद बढ्ने सम्भावना भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छैन । कार्यव्यवस्था परामर्श समितिको बैठक नबसे पनि विवरणलाई केही हेरफेर गरेर बैठकको सम्भावित सूची सार्वजनिक गरिएको छ । सचिवालयका प्रवक्ता तथा सहसचिव रोजनाथ पाण्डेका अनुसार अस्तिको बैठकको विषयबस्तु नै आजको बैठकको एजेण्डाको रुपमा सार्वजनिक गरिएको बताउनुभएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६