काठमाडौँ २६ फागुन । पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नयाँ बोर्ड राखिएको छ ।आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पहिलेकै अवस्थामा ब्यूँताएदिएको थियो ।सर्वोच्चको फैसला कार्यान्वयन गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको बोर्ड राखिएको हो । यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड राखिएको थियो ।धुम्बाराहीस्थित नेकपा एमालेको केन्द्रीय कार्यालयको नाम र साइनबोर्ड भने मंगलबार नै फेरिएको थियो ।
२६ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया